एउटा खुशीको कुरा


आज मेरो निम्ति एउटा खुशीको कुरा भएको छ।हामी जीवनमा ठुलै कुरा नभई खुशी हुन नै बिर्सिसकेका छौं। तीब्र रफ्तारमा अगाडि बढिरहेको हाम्रो आधुनिक समाजमा हामीले साना-साना कुराहरूमा गरेको प्रगति आज गौण लाग्छ। विशेष लक्ष्यबिनाको हाम्रो प्राप्तिले आज कुनै महत्व राख्न छोडिसकेको अवस्थामा आज एउटा सानो घटना म र मेरो परिवारको निम्ति अझ विशेष गरि मेरो छोराको निम्ति ठुलो कुरा भएको छ । कुरा के थियो … Continue reading एउटा खुशीको कुरा

पहिलो थ्याँक्स गिविङ दे


अमेरिकामा अध्ययन गर्न आज भन्दा ४ वर्ष अघि आउँदा जाडो यामको शुरुवात संगै पहिलो पटक थ्याँक्स गिविङ दे मनाउने अवसर पाएको थिएँ | यहाँ चिनेजानेको परिवारले उनिहरुसंगै यो पर्व मनाउन हामीलाई निम्तो पठाएको थियो | यो पर्वमा उनिहरु टर्कीको मासु बेस्कन खाँदोरहेछ | सिङै टर्कीभित्र अनेकथरी खाने सामाग्री कोचेर ओभनमा पकाउँदोरहेछ | अनी त्यहि टर्कीको मासुसंगै वर्षभरिमा परमेश्वरले दिनुभएको आशिष सम्झेर पारिवारिक विशाल भोज खाने … Continue reading पहिलो थ्याँक्स गिविङ दे

लघु कथा : स्खलित दिवास्वप्न


“एक्सक्युज मी,” कसैको यो वाक्य सुनेर म झसंग भएँ | अलिकति बाटो छोडेर उक्त व्यक्तिलाई म उभिरहेको स्थानबाट शप्पिंग कार्ट ठेलेर गएको हेर्दै म पनि आफूले किनेको मालसामान बोकेर चेक आउट लाइनमा उभिन आएँ | एकछिन् त आफू कसरि त्यस्तो बिधि दिउँसै त्यत्रा मानिसको भिडमा हराएछु भन्दै सोचमग्न भएँ | कारण म आफैले पनि पत्ता लगाउन सकिनं | सोचें, धेरै थाकेर दिमागले आराम खोजेको होला … Continue reading लघु कथा : स्खलित दिवास्वप्न

अम् … मेरा सहपाठीहरू


धेरै दिन पछि अ….आ… केहि लेख्ने जागर लागेर अहिले लेख्न बसेको | अम् कुरा के भने अ~ म अहिले मेरो पाठशालामा नियमित सेमेस्टर सकाएर अम् … मे टर्म भनेर अम् … प्रत्येक दिन ३ घण्टा कक्षा कोठामा रहि ३ क्रेडिट आवर बराबरको ३ हप्ते कक्षा लिदैछु | अ… यसै क्रममा यो हप्ताभरि नै अम् … प्रत्येक विध्यार्थीले कुनै एक यहूदी ऐतिहासिक व्यक्तिको बारेमा अम्… के … Continue reading अम् … मेरा सहपाठीहरू

मेरो च्यात्तिएको खाम


आज भन्दा लगभग १ महिना अघि मैले अनलाइन सेवामार्फत चर्चित पत्रकार तथा बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रद्वारा लिखित पुस्तक भूमध्यरेखा अर्डर गरेको थिएँ | उक्त पुस्तकको जम्मा नेपाली रु. २८० रहेछ | सोहि पुस्तकलाई विदेशबाट अनलाइन अर्डर गर्दा जम्मा ११ डलर लाग्दो रहेछ | नेपाली दैनिक पत्र-पत्रिकामा पढेको अनुसार लेखक मिश्रले एउटा पुस्तक विक्री भए वापत आउने लेखक रोयल्टी रु. २० नेपालको पिछडीएको जाति चेपांगलाई दिने निर्णय गरेको रहेछ | उसले घोषणा गरेको यहि मन्चबाट अर्का एक उद्द्योगपति उपेन्द्र महतोले उसको व्यक्तिगत तर्फबाट अर्को रु. २० थपेर दिने निर्णय सुनाएछ | उनीहरुको यो काम सराहनीय लागेकोले मैले पनि एक प्रति अनलाइनबाट नोवेम्बेर २४ तारिखको दिनमा अर्डर गरेको थिएँ | आफ्नो बैंक खातामा गयो, १ क्लिक्क गरेको निमेष भरमै बैंकबाट पैसा नेपालको बिक्रेताको पोल्टामा पुगिसकेको जानकारी साथसाथै अबको २ हप्ता अथवा १५ दिन भित्र यहाँ आइपुग्छ भनेर जानकारी आयो | एक युग पछि यसरि नेपाली लेखकको पुस्तक किनेर पढ्न लागेकोमा मेरो मन पनि फुरुंग थियो | बाँकी अंश पढ्न यहाँ क्लिक्क गर्नुहोस |