जातीय पहिचान जोडिएको नेपाल आइडल १


हिजो नेपालीहरूले नेपालकै पहिलो अन्तराष्ट्रिय कार्यक्रमबाट विशेष अधिकार प्राप्त गरि संचालन गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” बाट पहिलो नेपाल आइडलका रूपमा पोखराका बुद्ध लामालाई पाएका छन् । आइडलको शिर्षक कै कुरा गर्ने हो भने, उनि पहिलो भने होइन । केहि वर्षअघि नेपालमै गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” कै नाममा भएको थियो । भलै यसले विदेशी इजाजत प्राप्त नगरिकनै उहि नाउँमा त्यो कार्यक्रम गरेको थियो । … Continue reading जातीय पहिचान जोडिएको नेपाल आइडल १

मनोवाद: सबै नौटंकी नै रहेछ यी धर्मभिरुहरू त् !


यहाँ त नागरिक नै छैन नि । सबै कार्यकर्ता नि । फरक त्यति हो कि, कोहि नजिकको बलिया त कोहि अलि परको बाङ्गा कार्यकर्ता । दू:ख पाउने भनेकै उही यता न उताका पार्टीको झन्डा बिनाका सरल, परिश्रमी नेपाली नागरिकले त हो नि । “अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म … Continue reading मनोवाद: सबै नौटंकी नै रहेछ यी धर्मभिरुहरू त् !

मेरो देशको नागरिकको लासमाथिको राजनीति तुरुन्त बन्द गर ।


सुन्नमा आएको छ, महाभूकम्प कारणले संकष्ट ग्रस्त मेरो बस्तीमा हुँडारहरू अचाक्लि नै सिनो खान आएको छ । भेंडाको भेषमा ब्वाँसाहरू शिकार गर्नमा तल्लीन भएका छन् रे । माथ्ला घरे स्यालको हुंकार सुनेर तल्लगरे स्यालहरू पनि हुइय्या गर्न अघि सरे । कमिलाको परिश्रमको जस आफूले कुम्ल्याउन फ्याउराहरू भाग्नावाशेस चाहर्न थाल्यो रे । ए आओ न ! कोही त् बाघ भएर निस्क न । सिनोमा राज गर्न … Continue reading मेरो देशको नागरिकको लासमाथिको राजनीति तुरुन्त बन्द गर ।

लघु कथा : स्खलित दिवास्वप्न


“एक्सक्युज मी,” कसैको यो वाक्य सुनेर म झसंग भएँ | अलिकति बाटो छोडेर उक्त व्यक्तिलाई म उभिरहेको स्थानबाट शप्पिंग कार्ट ठेलेर गएको हेर्दै म पनि आफूले किनेको मालसामान बोकेर चेक आउट लाइनमा उभिन आएँ | एकछिन् त आफू कसरि त्यस्तो बिधि दिउँसै त्यत्रा मानिसको भिडमा हराएछु भन्दै सोचमग्न भएँ | कारण म आफैले पनि पत्ता लगाउन सकिनं | सोचें, धेरै थाकेर दिमागले आराम खोजेको होला … Continue reading लघु कथा : स्खलित दिवास्वप्न

९१ लाख भेट्टाएको सम्बन्धि फलो-अप


आज फेरी नागरिक दैनिकले अनुजाले ९१ लाख भेट्टाएर पैसा हराएको व्यक्तिलाई फर्काएको भन्ने सम्बन्धिमा भिन्नै किसिमको खबर छापेको छ | उक्त समाचारअनुसार हाल सम्म पैसा फिर्ता पाएको भन्ने पुरुशोत्तम पौडेलको तर्फबाट देश भर यस्तो हल्ला फैलिदा पनि कुनै पनि किसिमको प्रतिकृया आएको छैन | त्यसैले धेरै मानिसले यस खबरलाई अपत्यारिलो रुपमा लिएका छन् | अनुजाका आफन्त पनि उनले यसरि पैसा भेट्टाएर पनि आफूहरूलाई जानकारी नदिएको भनेर यस घटनाप्रति अनभिज्ञता प्रकट गर्छन् | इटहरीका एटीएमहरूले पनि पुरुशोत्तम नामक कसैले पनि त्यति धेरै परिमाणको रकम बैंकबाट नझिकेको बताउनाले र प्रहरीकोमा पनि यसको कुनै जानकारी नआउनाले घटना अझ रहस्यमय बन्दै गैरहेको छ | उद्धृत समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् | यसै दैनिकमा छापिएको अर्को समाचारमा यस घटनालाई  केहि सुक्ष्म विश्लेषण गरिएको छ | उक्त विश्लेषण पढ्न यहाँ क्लिक गर्नुहोस् |

बाँकी भाग पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |


३१ जनुअरी, २०११ नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया | ब्लग भनेको वास्तवमै आफ्नो निजी कुराहरू, विचार, भावना पोख्ने थलो हो । तर के यसो भन्दैमा कसैले कुनै पनि किसिमका संबेदनसिल कुराहरुलाई ब्लगमार्फत आफ्नो भावना र विचार भनेर व्यक्त गर्दा राम्ररी नबुझिकन हचुवाको भरमा लेख्न एउटा नागरिकको गैर जिम्मेवारीपना होईन र ? हरेक लेखकको हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ, र … Continue reading नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

खोकना महोत्सव २०११


खोकना महोत्सव सम्बन्धि कान्तिपुर राष्ट्रिय दैनिकमा २०६७ माघ २ मा प्रकाशित लेख जस्ताको तस्तै यहा साभार गरिएको छ | ललितपुर, माघ २ – खोकना महोत्सवका लागि राता खुर्सानीका मालाले घरहरू झकिझकाउ पारिएको छ । स्थानीय व्यवसायीले आफ्नो प्रतिष्ठा ठान्ने ‘भुटेको तेल’ पेल्ने कोललाई गल्लीमै राखेर सजाएका छन् । हाकुपटासीमा सजिएका स्थानीय नेवार महिलाले हँसिलो अनुहारले चोकैमा पुगेर आगन्तुक र पर्यटकको स्वागत गरिरहेका छन् । तीनदिने … Continue reading खोकना महोत्सव २०११

साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?


पछिल्लो पोष्ट “नेपालीलाई के को प्लेजिअरिज्म?” मा मैले दुइजना वृतचित्र निर्माताको कानूनी लडाईंको बारेमा केहि लेखेको थिएँ । नयाँ वर्ष सन् २०११ को पूर्वसन्ध्यामा आएको नयाँ समाचारअनुसार अर्का निर्माता तुलसी भण्डारीले आफू अन्यायमा परेको र राजनैतिक षड्यन्त्रको शिकार भएको भनेर माइसंसारमा नेपाल प्रहरीका एस पी रमेश खरेललाई खुला पत्र शिर्षकमा उनले आफूलाई परेको अन्यायको बारेमा लेखेका थिए । त्यसको भोली पल्ट आफूलाई पीडित बताउने र आफ्नो श्रब्य-द्रिश्य चोरि भयो … Continue reading साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?

नेतालाई पाउजु र अभिनेतालाई खुत्रुकी


हामीले विगतमा सुन्दै र पढ्दै आएको कुरा हो कि पूर्वी नेपालमा धेरै जनाले गलत ढंगले नेपाली नागरिकता हात पार्‍यो भन्ने कुरा । अझ ठाडो भषामा भन्ने हो भने, हाम्रा छिमेकी भैय्याजीहरूको हालि-मुहाली नै बढेको थियो किर्ते नागरिकले नेपाली नागरिकता पाउने कुरामा । तराईबासी नेपालीलाई नै अल्पमतमा पुर्‍याउन सक्ने त्येत्रो खेल भारतले खेल्दा हाम्रा देशका नेता भनाउँदाहरूले चुइँक्क सम्म पनि बोलेन । मधेसको सच्चा नेता वा धर्ती पुत्र भनि आफूलाई दावी गर्ने मधेस दलका नेताहरू त झन् चितुवाको अगाडि परेको कुकुरजस्तो भयो । हामी जस्ता राजनीतिको आधारभूत ज्ञान पनि कधकल्चो भएकाहरूले बुझेका कुरा हुन् कि, भारतले आफ्नो स्वार्थमा नेपाल सरकारलाई किन नागरिक विधेयक संसदबाट पास गराउन खोज्यो भन्ने कुरा । उसले नेपालको अहिलेको जस्तो राजनैतिक तरलताको भरपूर फाईदा उठाउँदै सिमामा रहेका आफ्ना देशका नागरिकहरूलाई किर्ते कागजातहरू मार्फत नेपाली नागरिक बनाउने काममा लागेको थियो । केहि हदसम्म उनिहरु सफल पनि नभएका होइनन् । हाम्रा निजामती जागिरे राष्ट्रसेवक कर्मचारी र उनिहरूका बडाहाकिमले गएको साल स्वीकार पनि गरेकै हो, कि नागरिकता वितरणमा केहि गम्भिर त्रुटी भएकै हो । केहि हजार रुपैयामा नै नेपाली नागरिकता बजारमा बिदेशीहरूले किने । दक्षिणी छिमेकीले बाँसुरी बजाए, त्यसकै तालमा हाम्रा देशका कुपुत र भ्रष्टाचारी नेताहरू छमचामी नाचे । छिमेकीले एकनासले ढोलक बजाइरहे, यता नेताहरू छिमेकीले हातमा थमाइदिएको पाउजु कस्दै तालमा नाच्दैरहे । उनिहरुको हिजडापन यसरी प्रकट भयो तर उनिहरुले यसमा पनि ख्वामितको सेवा नै पुरुशार्थी हो भन्ने भ्रम पालीराखे । बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस्