सुरक्षित यौन व्यवहार र एचआइभी एड्स – भिडियो: आज यो किन?


मलाई कुनै पनि देशको वृतचित्र र छोटो शृंखलाको भिडियो हेर्नु साह्रै मज्जा लाग्छ | अचेल हाम्रा नेपालीहरू पनि वृत्तचित्र र सटिक तर संदेशमुलक भिडीयो बनाउने कुरामा धेरै नै प्रगति गर्दैछन् | हालसालै हेरेको ६ मिनेट लामो नेपाली भिडियो “आज यो किन?” सुरक्षित यौन व्यवहार र एचआइभी एड्सको बारेमा जानकारी दिने उद्देस्यले बनाएको रहेछ | भिडियोमा अनिश रेग्मी र रिजु श्रेष्ठद्वारा अभिनित छ भने निर्देशन सामुएल … Continue reading सुरक्षित यौन व्यवहार र एचआइभी एड्स – भिडियो: आज यो किन?

अम् … मेरा सहपाठीहरू


धेरै दिन पछि अ….आ… केहि लेख्ने जागर लागेर अहिले लेख्न बसेको | अम् कुरा के भने अ~ म अहिले मेरो पाठशालामा नियमित सेमेस्टर सकाएर अम् … मे टर्म भनेर अम् … प्रत्येक दिन ३ घण्टा कक्षा कोठामा रहि ३ क्रेडिट आवर बराबरको ३ हप्ते कक्षा लिदैछु | अ… यसै क्रममा यो हप्ताभरि नै अम् … प्रत्येक विध्यार्थीले कुनै एक यहूदी ऐतिहासिक व्यक्तिको बारेमा अम्… के … Continue reading अम् … मेरा सहपाठीहरू

अनुजाको समाचार भ्रामक सावित


गत हप्ता सबै मिडियाहरूमा निक्कै नै ढोल पिट्न सफल भएको अनुजाको समाचार कपोलकल्पित र भ्रामक भएको तथ्य बाहिर आएको छ | उनले समाचारमा आए जस्तो ९१ लाख भेट्टाएको नभएर एउटा मनगढन्ते कथा मात्र भएको कुरा आज उक्त समाचारलाई प्रमुखताका साथ पहिलो चोटी प्रकाशित गरेको कान्तिपुर दैनिकले स्वीकारेको छ | यसमा उनीहरुले क्षमायाचना गरि सकेको छ | अनुजाको समाचार प्रकाशित भएको भोलिपल्ट नै उनि शंकाको घेरामा … Continue reading अनुजाको समाचार भ्रामक सावित

ऐतिहासिक एल क्लासिको २०११


अहिले केहि समयमै (Eastern Time) ४.०० बजे फूटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबिच एल क्लासिको खेल रियल म्याड्रिडको खेल मैदान सान्टियागो बार्नाब्युमा शुरु हुदैछ | हुन त यो कुनै नौलो समाचार होइन | हरेक वर्ष यी दुई स्पानिश फूटबल हस्ती बिच ला लिगा म्याचमा दुइ पटक खेल्छन नै | तर यो वर्ष यी दुई अनन्तदेखिका शत्रु झैँ व्यवहार गर्ने र मैदानमा उत्रने खेल भने भिन्नै … Continue reading ऐतिहासिक एल क्लासिको २०११

नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |


३१ जनुअरी, २०११ नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया | ब्लग भनेको वास्तवमै आफ्नो निजी कुराहरू, विचार, भावना पोख्ने थलो हो । तर के यसो भन्दैमा कसैले कुनै पनि किसिमका संबेदनसिल कुराहरुलाई ब्लगमार्फत आफ्नो भावना र विचार भनेर व्यक्त गर्दा राम्ररी नबुझिकन हचुवाको भरमा लेख्न एउटा नागरिकको गैर जिम्मेवारीपना होईन र ? हरेक लेखकको हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ, र … Continue reading नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

खोकना महोत्सव २०११


खोकना महोत्सव सम्बन्धि कान्तिपुर राष्ट्रिय दैनिकमा २०६७ माघ २ मा प्रकाशित लेख जस्ताको तस्तै यहा साभार गरिएको छ | ललितपुर, माघ २ – खोकना महोत्सवका लागि राता खुर्सानीका मालाले घरहरू झकिझकाउ पारिएको छ । स्थानीय व्यवसायीले आफ्नो प्रतिष्ठा ठान्ने ‘भुटेको तेल’ पेल्ने कोललाई गल्लीमै राखेर सजाएका छन् । हाकुपटासीमा सजिएका स्थानीय नेवार महिलाले हँसिलो अनुहारले चोकैमा पुगेर आगन्तुक र पर्यटकको स्वागत गरिरहेका छन् । तीनदिने … Continue reading खोकना महोत्सव २०११

५००० चरालाई गम्भिर ट्रौमा


न्यू येअर ईभमा संयुक्त राज्य अमेरिकाको अर्कान्सा राज्यमा ४००० देखि ५००० वटा चराहरू आकासबाट उडिरहेकै अवस्थामा भुईमा झरे । यहाँको स्थानिय र सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय दैनिकहरूले विषेश चासो दिएर यसको बारेमा लेखे । हुन पनि घटना अचम्मकै छ । त्यत्रो हजार संख्याको चरा एकै पटक मर्नु भनेको चानचुने कुरा होईन । त्यसमा विषेश कारण त पक्कै हुनैपर्‍यो । भुईंमा भेटिएका अधिकांस चराहरू मरेको अवस्थामा … Continue reading ५००० चरालाई गम्भिर ट्रौमा

साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?


पछिल्लो पोष्ट “नेपालीलाई के को प्लेजिअरिज्म?” मा मैले दुइजना वृतचित्र निर्माताको कानूनी लडाईंको बारेमा केहि लेखेको थिएँ । नयाँ वर्ष सन् २०११ को पूर्वसन्ध्यामा आएको नयाँ समाचारअनुसार अर्का निर्माता तुलसी भण्डारीले आफू अन्यायमा परेको र राजनैतिक षड्यन्त्रको शिकार भएको भनेर माइसंसारमा नेपाल प्रहरीका एस पी रमेश खरेललाई खुला पत्र शिर्षकमा उनले आफूलाई परेको अन्यायको बारेमा लेखेका थिए । त्यसको भोली पल्ट आफूलाई पीडित बताउने र आफ्नो श्रब्य-द्रिश्य चोरि भयो … Continue reading साँचो बोल्ने को – तुलसी कि अजयबाबु ?

नेतालाई पाउजु र अभिनेतालाई खुत्रुकी


हामीले विगतमा सुन्दै र पढ्दै आएको कुरा हो कि पूर्वी नेपालमा धेरै जनाले गलत ढंगले नेपाली नागरिकता हात पार्‍यो भन्ने कुरा । अझ ठाडो भषामा भन्ने हो भने, हाम्रा छिमेकी भैय्याजीहरूको हालि-मुहाली नै बढेको थियो किर्ते नागरिकले नेपाली नागरिकता पाउने कुरामा । तराईबासी नेपालीलाई नै अल्पमतमा पुर्‍याउन सक्ने त्येत्रो खेल भारतले खेल्दा हाम्रा देशका नेता भनाउँदाहरूले चुइँक्क सम्म पनि बोलेन । मधेसको सच्चा नेता वा धर्ती पुत्र भनि आफूलाई दावी गर्ने मधेस दलका नेताहरू त झन् चितुवाको अगाडि परेको कुकुरजस्तो भयो । हामी जस्ता राजनीतिको आधारभूत ज्ञान पनि कधकल्चो भएकाहरूले बुझेका कुरा हुन् कि, भारतले आफ्नो स्वार्थमा नेपाल सरकारलाई किन नागरिक विधेयक संसदबाट पास गराउन खोज्यो भन्ने कुरा । उसले नेपालको अहिलेको जस्तो राजनैतिक तरलताको भरपूर फाईदा उठाउँदै सिमामा रहेका आफ्ना देशका नागरिकहरूलाई किर्ते कागजातहरू मार्फत नेपाली नागरिक बनाउने काममा लागेको थियो । केहि हदसम्म उनिहरु सफल पनि नभएका होइनन् । हाम्रा निजामती जागिरे राष्ट्रसेवक कर्मचारी र उनिहरूका बडाहाकिमले गएको साल स्वीकार पनि गरेकै हो, कि नागरिकता वितरणमा केहि गम्भिर त्रुटी भएकै हो । केहि हजार रुपैयामा नै नेपाली नागरिकता बजारमा बिदेशीहरूले किने । दक्षिणी छिमेकीले बाँसुरी बजाए, त्यसकै तालमा हाम्रा देशका कुपुत र भ्रष्टाचारी नेताहरू छमचामी नाचे । छिमेकीले एकनासले ढोलक बजाइरहे, यता नेताहरू छिमेकीले हातमा थमाइदिएको पाउजु कस्दै तालमा नाच्दैरहे । उनिहरुको हिजडापन यसरी प्रकट भयो तर उनिहरुले यसमा पनि ख्वामितको सेवा नै पुरुशार्थी हो भन्ने भ्रम पालीराखे । बाँकी अंश पढ्न यहाँ क्लिक गर्नुहोस्